Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज कुन फलफूल तथा तरकारीको मूल्य कति?

आज कुन फलफूल तथा तरकारीको मूल्य कति?


  • 1.5K
    Shares

    आज कुन फलफूल तथा तरकारीको मूल्य कति?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। 

    कालीमाटीमा आज केही तरकारीको भाउ थोरै घटबढ् हुँदा धेरैजसो तरकारीको हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। परबलको तरकारी भने आज किलोमा २० रुपैयाँ घटेको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५, ठूलो भारतीय गोलभेँडाको ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८४, लोकल गाँजर ११८, लोकल बन्दा ४६, स्थानीय काउली ११०, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तने बोडी १३०, मकै बोडी ११०, करेला १२५, लौका ९५, लोकल परबल ७५, घिरौँला ९५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ६५, भिन्डी ८५, स्कुस २५, रायो र पालुंगोको साग १७५, कन्य च्याउ २५२, डल्ले च्याउ ४७५, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो छ।

    यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य निकै बढी छ। 

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५, ठूलो भारतीय गोलभेँडाको ७५, सानो लोकल गोलभेँडा ५०, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर १२०, लोकल बन्दा ५०, स्थानीय काउली १२०, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तने बोडी १३३, मकै बोडी ११३, करेला १३०, लौका ९५, लोकल परबल ९५, घिरौँला ९५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ६५, भिन्डी ८५, स्कुस २५, रायो र पालुंगोको साग १७५, कन्य च्याउ २५७, डल्ले च्याउ ४७५, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो थियो।

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - ०८:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij