२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाउनु भएको हो ।
बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने, बाढीरपहिरो लगायतका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए ।
नेता खनाल स्वास्थ्योपचारको लागि यतिवेला भारतको नयाँ दिल्लीमा छन् । उनलाई हिजो अपरान्ह दिल्ली लगिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij