Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसको माग


  • 575
    Shares

    प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसको माग
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री बोलन्द्र साहले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादस्पद अभिव्यत्तिबारेय संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताएका छन्। राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । 

    उनले शुक्रवारदेखि संसदको २१ औँ अधिवेशन बन्द हुन गइरहेको भन्दै प्रष्टिकरण दिनुपर्ने नभए संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् । सांसद केसीले कालीगण्डकी नदी करिडोरअन्तर्गतका पुलपुलेसा तथा सडकको मर्मत, सम्भार र पुनः निर्माणको काम तत्काल अघि बढाउनसमेत सरकारसँग माग गरेका छन् ।

    उनले भने, ‘भोलिदेखि संसदको अधिवेशन बन्द हुँदछ । प्रधानमन्त्रीज्यूले संसदमा सीमासम्बन्धी दिनुभएको विवादस्पद अभिव्यक्तिको अहिलेसम्म जवाफ दिनुभएको छैन । या त उहाँले जवाफ दिनुपर्छ । नभए उहाँको यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस् । त्यसैगरी कालीगण्डकी नदी करिडोरका पुलपुलेसा, सडकको मर्मत सम्भार र पुनःनिर्माण सम्बन्धी कार्यहरु यथाशिबघ्र गर्न माग गर्दछु । कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुल समेत तत्काल मर्मत गर्न माग गर्दछु ।’

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १४:०४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij