Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

जलवायु तथा भोटेकोशी विपद् समितिमा पराजुली सभापति बन्ने निश्चित

जलवायु तथा भोटेकोशी विपद् समितिमा पराजुली सभापति बन्ने निश्चित


  • 1.1K
    Shares

    जलवायु तथा भोटेकोशी विपद् समितिमा पराजुली सभापति बन्ने निश्चित
    images

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएको छ । 

    सभापतिमा उम्मेदवारी दिनका लागि तोकिएको मंगलबार अपराह्न ४ बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेदवारी परेको हो।

    पार्टीको निर्णय बमोजिम मंगलबार पराजुलीले उम्मेदवारी दर्ता गराएका थिए । १५ सदस्यीय समितिको सभापतिका लागि उनी बाहेक अरूको उम्मेदवारी नपरेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन्। 

    पराजुलीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य छन्। समर्थकमा एमाले सांसद पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामा र रास्वपा सांसद निशा डाँगी छन् । 

    समिति सभापति चयनका लागि बुधबार निर्वाचनको मिति सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा तोकेका थिए। सभामुख अर्यालका अनुसार समिति सभापतिको निर्वाचन बुधबार दिउँसो २ बजे हुनेछ । 

    भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै असोज ५ गते प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो। 


    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १६:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij