Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो बयान

जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगले लियो बयान


  • 1.5K
    Shares

    जबरासँग भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग  मानव अधिकार आयोगले लियो बयान
    images

    काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले रोकेको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग आयोगले बयान लिएको छ ।

    मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा उपस्थित भएका एसएसपी खड्काले घटनासम्बन्धी लिखित बयान दिएका हुन् । आयोगका सहप्रवक्ता तथा उपसचिव श्यामबाबु काफ्लेले खड्कासँग लिखित बयान लिइएको जानकारी दिए ।

    आइतबार प्रहरीले जबरालाई पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो । जबराको अवस्थाबारे जानकारी लिन आयोगको टोली कार्यालय पुगे पनि प्रहरीले भेटघाट गर्न नदिई गेटबाटै फर्काएको थियो ।

    आयोगले घटनालाई गम्भीर रूपमा लिँदै त्यसबारे अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई बयानका लागि बोलाइएको हो । आयोगको अनुसन्धान महाशाखाले घटनासँग सम्बन्धित थप विषयमा समेत आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १५:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij