Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छ प्रमुख एजेण्डा ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छ प्रमुख एजेण्डा ?


  • 5.1K
    Shares

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छ प्रमुख एजेण्डा ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीवार) बस्दैछ । आगामी महाधिवेशनको मिति र समसामयिक परिस्थितिको बारेमा आजको बैठक छलफल हुनेछ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टीको १४औँ महाधिवेशनको समय तालिका परिवर्तन गर्ने प्रस्तावका बारेमा निर्णय लिने पनि उनले बताए ।

    गत शनिबार बसेको पार्टी पदाधिकारी बैठकले आसन्न १४औँ महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो । यसअघि भदौ ७ देखि १० सम्मका लागि तय गरिएको महाधिवेशनको मिति भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - १०:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij