Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति

प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति


  • 1.1K
    Shares

    प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति
    images

    काठमाडौं । विद्युतको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ फलाँटेकी ४५ वर्षीया देवी उप्रेतीलाई नेपाल विद्युत् प्राधिकरणले १० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ।

    उक्त गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा गत साउन ७ गते विद्युत् पोल अड्याउन राखिएको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उनको मृत्यु भएको हो।

    घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र पीडित परिवारबीच पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। सो अनुरुप आजै रकम उपलब्ध गराइएको छ।

    प्राधिकरणको पाँचखाल वितरण केन्द्रका प्रमुख दीपक सापकोटाका अनुसार पीडित परिवारलाई क्षतिपूर्ति वापत प्रशासनको रोहबरमा रु १० लाखको चेक हस्तान्तरण गरिएको छ।

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १४:४४:३७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij