Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता


  • 925
    Shares

    चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता
    images

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिवद्धता जनाएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पारेका हुन् ।

    बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु मुख्य चुनौती रहेको बताएका छन् । उनले सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने जानकारी दिएका छन्। यातायात क्षेत्रमा हुने विचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

    साथै सवारी साधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिवद्ध रहेको उनले बताएका छन्। उनले चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै सो समयमा मालवाहक सवारी साधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गरेका छन्। 

    सिटौलाले भने, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ । दशैँको समयमा यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ। बाटोको खाल्डाखुल्टी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’ 

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij