Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

संयुक्त राष्ट्रसंघको महासभामा बालेनले गरेको भाषण ट्रेन्डिङ नम्बर एकमा

संयुक्त राष्ट्रसंघको महासभामा बालेनले गरेको भाषण ट्रेन्डिङ नम्बर एकमा


  • 1.1K
    Shares

    संयुक्त राष्ट्रसंघको महासभामा बालेनले गरेको भाषण  ट्रेन्डिङ नम्बर एकमा
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभालाई गरेको सम्बोधन सर्वाधिक हेरिने भिडिओ बनेको छ।

    नेपाली समयअनुसार तीन दिन अघि शुक्रबार सबेरै राष्ट्रसंघको महासभालाई बालेनले गरेको सम्बोधनले सर्वाधिक भ्युज पाएको हो। संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा बालेनको भिडिओ छ।

    यो समाचार तयार पार्दासम्म उनको भिडिओ सात लाख १५ हजार पटक हेरिएको छ। त्यसपछि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले गरेको सम्बोधनको भिडिओ ४ लाख ५० हजार भ्युजसहित दोस्रो स्थानमा छ।

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडिओ ४ लाख १२ हजार भ्युजसहित ट्रेन्डिङको तेस्रो स्थानमा छ। त्यसपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले गरेको सम्बोधनले २ लाख २६ हजार भ्युज पाएर चौथो स्थानमा छ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गरेको सम्बोधन २ लाख ३० हजार भ्युजसहित पाँचौं स्थानमा छ। प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्र संघको ८१औँ महासभालाई सम्बोधन गर्दै विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामा प्रश्न उठाएका थिए।

    संयुक्त राष्ट्र संघको जन्म मानवजातिले भोगेको भयावह विश्वयुद्धको अनुभवबाट भएको स्मरण गराउँदै उनले सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र मानव गरिमाको संरक्षण यस संस्थाको मूल प्रतिज्ञा भएको भन्दै भाषण गरेका थिए। जसलाई नेपालसहित अन्तर्राष्ट्रियस्तरमै निकै रुचाइएको छ।

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:४५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij