Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

चोलेन्द्रलाई पक्राउ गरेर भोलिपल्टै रिहा गरेको भन्दै सांसद राईको आपत्ति

चोलेन्द्रलाई पक्राउ गरेर भोलिपल्टै रिहा गरेको भन्दै सांसद राईको आपत्ति


  • 897
    Shares

    चोलेन्द्रलाई पक्राउ गरेर भोलिपल्टै रिहा गरेको भन्दै सांसद राईको आपत्ति
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कडा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिएका छन् ।

    संसद् बैठकमा बोल्दै सांसद राईले प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताएका छन् । 

    ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने ? यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो ? सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ’ उनले भने ।

    सांसद राईले राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा जोड दिएका छन् । 

     

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij