Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

पाँचौँपटक जिब्रो छेडेका श्रेष्ठलाई २ लाख नगदसहित सम्मान

पाँचौँपटक जिब्रो छेडेका श्रेष्ठलाई २ लाख नगदसहित सम्मान


  • 1.1K
    Shares

    पाँचौँपटक जिब्रो छेडेका श्रेष्ठलाई २ लाख नगदसहित सम्मान
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै भक्तपुरका वीरेन्द्र कसजू श्रेष्ठलाई दुई लाख नगदसहित सम्मान गरेका छन्। श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेडेका हुन्। 

    थिमिमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री थापाले श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।

    प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षण तथा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहनस्वरुप रकम प्रदान गरेको जनाएको छ।  सो अवसरमा प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

    मुख्यमन्त्री थापाले ऐतिहासिक कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदासँगै जात्रा तथा पर्वको संरक्षणमा प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताए। 

    उनले ऐतिहासिक सम्पदा, जात्रा तथा पर्वलाई पर्यटनसँग जोडेर भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताए। 

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ०७:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij