Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

नारायणी नदीको बाढीले सुस्ताका १७० घर डुबानमा, ४०० जनाको उद्धार

नारायणी नदीको बाढीले सुस्ताका १७० घर डुबानमा, ४०० जनाको उद्धार


  • 1.0K
    Shares

    नारायणी नदीको बाढीले सुस्ताका १७० घर डुबानमा, ४०० जनाको उद्धार
    images

    काठमाडौं । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन् । बाढी बस्तीमा पसेपछि थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलका करिब १७० घरधुरी प्रभावित भएका छन् ।

    बाढी प्रभावित क्षेत्रबाट नेपाल प्रहरीले वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उनीहरूलाई विपद् व्यवस्थापन भवनमा राखिएको छ ।

    नदीको बहाव अझै बढिरहेको भन्दै प्रहरीले जोखिममा रहेका थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेको जनाएको छ । बाढीका कारण इलाका प्रहरी कार्यालय, सुस्ताको परिसरसमेत डुबानमा परेको छ । कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

    उद्धार तथा राहतका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता र बेलाटारी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका टोली विपद् उद्धार सामग्रीसहित परिचालन भएका छन् । हालसम्म बाढीबाट मानवीय तथा पशुचौपायमा क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १५:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij