Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो

कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो


  • 1.1K
    Shares

    कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगायो
    images

    काठमाडौं । कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन।

    बाढीबाट अन्य घरसमेत उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जिन्सी सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र विद्युत् तथा फोन सम्पर्कमा समेत समस्या भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १२:३४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij