Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार


  • 974
    Shares

    जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार
    images

    काठमाडौं । जटिल प्रसूति समस्या भएकी रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरिएको छ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत मुसिकोट नगरपालिका–१ निवासी ३३ वर्षीया महिलाको बुधबार उद्धार गरिएको हो।

    मन्त्रालयका अनुसार जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्‍याइएको हो।

    दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाइ हुने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १३:३७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij