Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

१४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

१४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, यात्रा गर्दा सावधानी अपनाउन आग्रह


  • 1.2K
    Shares

    १४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, यात्रा गर्दा सावधानी अपनाउन आग्रह
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आगामी पाँच दिन देशका प्रमुख नदी तथा खोलामा जलसतह बढ्ने प्रक्षेपण गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

    कोशी, नारायणी, कर्णाली र महाकालीसहितका नदी तथा सहायक नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। केही क्षेत्रमा बाढीको जोखिम मध्यमदेखि उच्च तहसम्म पुग्ने शाखाले जनाएको छ।

    विशेषगरी असोज १० गते बडिगाड–रुद्रबेनी र कालीगण्डकी–कुमालगाउँ क्षेत्रमा बाढीको उच्च जोखिम रहेको बताइएको छ। कर्णाली चिसापानी तथा ठूलीभेरी रिम्ना क्षेत्रमा पनि शनिबार र आइतबार उच्च जोखिम देखिएको छ।

    बागमती, पूर्वी राप्ती, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा समेत जलसतह बढ्ने अनुमान छ। असोज १० र ११ गते केही क्षेत्रमा उच्च जोखिम पुग्ने भएकाले नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    यस्तै, साना खोलामा आकस्मिक बाढीको जोखिमसमेत बढेको छ। गुल्मी, पर्वत, बागलुङ, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व–पश्चिम, जाजरकोट, सल्यान, बाँके, बर्दिया, सुर्खेत र दैलेख गरी १४ जिल्लामा शुक्रबारदेखि शनिबारसम्म उच्च जोखिम रहेको शाखाले जनाएको छ।

    विभागले बाढीसम्बन्धी पछिल्लो जानकारीका लागि हरेक बिहान ८ बजे बाढी बुलेटिन हेर्न तथा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरेको छ।  

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १४:०१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij