Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’

वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’


  • 687
    Shares

    वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अविलम्ब पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् । 

    बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा उनले विपद्को सूचनालाई मात्रै सुरक्षा नमान्दै व्यवहारिक र प्रभावकारी उद्धार योजना पेश गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सांसद श्रेष्ठले हालैको विनाशकारी बाढीको पीडा ताजै रहेको उल्लेख गर्दै अब आउन सक्ने थप जोखिमलाई रोक्न सरकारले ‘पर्ख र हेर’ को नीति त्याग्नुपर्ने बताएका छन्। 

    उनले सरकारसमक्ष पाँच बुँदे माग राख्दै जोखिमयुक्त बस्ती र परिवारको तत्काल पहिचान गरी स्थानान्तरणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्। श्रेष्ठले सरकारी वेबसाइटमा मात्रै सूचना राख्ने परम्परागत शैलीभन्दा माथि उठेर स्थानीय रेडियो, टेलिफोन, साइरन र घरदैलोमार्फत नागरिकसम्म पूर्वसूचना पु¥याउनुपर्ने बताएका छन्। 

    उनले भने, ‘पूर्वानुमान परिवर्तन हुन सक्छ, तर नागरिकको सुरक्षा सुनिश्चित गर्न अहिलेदेखि नै तयारी थाल्नुपर्छ । विपत्ति निश्चित भइसकेपछि मात्र तातेर केही हुँदैन ।’ 

    सडक सुरक्षा र निर्माणस्थलका श्रमिकको जीवन रक्षामा विशेष ध्यान दिन आग्रह गर्दै उहाँले दशैँको मुखमा यात्रुको चाप बढ्ने भएकाले जोखिमपूर्ण सडक खण्डको अनुगमन र वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गरेका छन्। उनले उद्धार सामग्री र औषधि स्थानीय तह नजिकै पूर्वतयारीका साथ राख्न तथा सुरक्षाकर्मीको समेत सुरक्षा सुनिश्चित गर्न सरकारलाई सचेत गराएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १३:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij