Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने


  • 5.5K
    Shares

    गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने
    images

    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले आगामी शुक्रबार (असार ४ गते) विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । 

    शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।

    नेपालीले मुख्यमन्त्री नियुक्त भएकै दिन मन्त्रिमण्डल विस्तार गर्दै विनाविभागीय ४ जना मन्त्रीलाई शपथ खुवाएका थिए । गण्डकीमा अन्य मन्त्री परिषद् विस्तार गरिएको छैन । प्रवक्ता खड्काले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने बताए । गण्डकीमा ११ वटा मन्त्रालय छन् । ५९ प्रदेशसभा सदस्य छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ ।

    ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो । सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । चार दलको गठबन्धनले एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई अल्पमतमा पारी नयाँ सरकार गठन गरेको हो ।

     

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १४:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij