Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भारी वर्षाको चेतावनीपछि कास्कीमा उच्च सतर्कता, रात्रि बसदेखि पदयात्रासम्म रोक

भारी वर्षाको चेतावनीपछि कास्कीमा उच्च सतर्कता, रात्रि बसदेखि पदयात्रासम्म रोक


  • 897
    Shares

    भारी वर्षाको चेतावनीपछि कास्कीमा उच्च सतर्कता, रात्रि बसदेखि पदयात्रासम्म रोक
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले यातायात, पर्यटन, विद्यालय तथा नागरिक गतिविधि सञ्चालनको मापदण्ड बनाएको हो ।

    बिहीबार बिहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न क्षेत्रगत निर्देशन दिइएको छ । मौसम खराब रहेको अवस्थामा कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रि बस तथा सवारी साधनहरू पूर्ण बन्द गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिएका छन् ।

    यस्तै, जिल्लाभित्रका विभिन्न ग्रामीण भेगमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरू दिउँसो ४ बजेपछि सञ्चालनमा गर्न पूर्ण रोक लगाइएको छ । भारी वर्षाको सम्भावना कायमै रहँदासम्म कास्की जिल्लाअन्तर्गतका सम्पूर्ण पदयात्रा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । 

    हाल पदयात्रामा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा फिर्ता बोलाउन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल, नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतलाई निर्देशन दिइएको छ । स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका जोखिमयुक्त नदी तटीय बस्तीहरूमा पूर्वसूचना प्रवाह गर्ने, सुरक्षित स्थान पहिचान गरी स्थानान्तरणको तयारी गर्ने तथा आवश्यक परेमा विद्यालयहरू बन्द गर्ने अधिकार दिइएको छ । 

    तत्काल परिचालन हुनका लागि जिल्लास्थित अस्पताल, एम्बुलेन्स, शववाहन तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको गुरुङले जानकारी दिएका छन् । जिल्ला प्रशासनले आम नागरिकलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १०:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij