Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

दशौँ पटक पक्राउ परे अनिल शर्मा ‘बिरही’, नुवाकोटबाट काभ्रे पठाइयो

दशौँ पटक पक्राउ परे अनिल शर्मा ‘बिरही’, नुवाकोटबाट काभ्रे पठाइयो


  • 6.0K
    Shares

    दशौँ पटक पक्राउ परे अनिल शर्मा ‘बिरही’,  नुवाकोटबाट काभ्रे पठाइयो
    images

    नुवाकोट। स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेकपा विप्लव समूहका नेता अनिल शर्मा ‘बिरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राती भएको आगजनी घटनामा संलग्न भएको अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

    मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका शर्माको मदानपुरको स्काभेटर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

    चितवनको रत्ननगरका शर्मालाई गत बैशाख २३ मा त्यहाँको प्रहरीले उपचारको क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पूर्पक्षको लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेटर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।

    साधारण तारिखमा छुटे लगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शर्मालाई काभ्रेमा संगठित अपराध, एनसेल टावर आगजनी लगायतको अभियोग छ । गत बैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मालाई भदौ २३ मा त्यहाँबाट छुटे लगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सखुंवासभा, मोरङ, काठमाडौ, ललितपुरहुदैँ नवौ जिल्लाको रुपमा नुवाकोट ल्याइएको थियो ।

    आफूलाई लगाइएको अभियोग कहीपनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहका कारण राज्यले झुठा मुद्दा लगाई फसाउन खोजेको शर्माको आरोप छ । नेकपा विप्लब समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंसात्मक गतिविधिमा संलग्न हुन थालेसँगै सरकारले विभिन्न पक्राउ सहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - ११:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij