Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, पोलिटब्युरो र स्थायी कमिटी गठन हुने

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, पोलिटब्युरो र स्थायी कमिटी गठन हुने


  • 645
    Shares

    एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, पोलिटब्युरो र स्थायी कमिटी गठन हुने
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बैठक बस्ने तयारी गरिएको छ। बैठकका एजेन्डा तय गर्न अहिले पार्टी सचिवालयको बैठक जारी छ।

    गत पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गरिएको थियो। तर त्यसयता केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ हुँदा पार्टीको पोलिटब्युरो र स्थायी कमिटी गठन हुन सकेको छैन।  

    एमालेको वैधानिक व्यवस्थाअनुसार पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ। ३०१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ संख्यामा पोलिटब्युरो गठन हुने भएकाले १०० सदस्यीय पोलिटब्युरो बन्नेछ। त्यस्तै, पोलिटब्युरोको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी कमिटी गठन गर्ने व्यवस्था छ।

    आजदेखि सुरु हुने बैठकमा पोलिटब्युरो र स्थायी कमिटी गठनलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने तयारी रहेको नेताहरूले बताएका छन्। बैठकले पार्टी संगठन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्ने बताइएको छ।

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १०:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij