Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस


  • 813
    Shares

    भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
    images

    काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।  प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।

    परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जानकारी दिएका छन्।सिफारिस गरिएका राजदूतहरूलाई अब सरकारले संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने भएको छ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि पठाउने कार्यतालिका छ। 

    मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्। संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

    यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १६:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij