Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

रसुवा बाढी : त्रिशूली–१ टनेलमा ६ शव भेटिए, थप खोजी जारी

रसुवा बाढी : त्रिशूली–१ टनेलमा ६ शव भेटिए, थप खोजी जारी


  • 841
    Shares

    रसुवा बाढी : त्रिशूली–१ टनेलमा ६ शव भेटिए, थप खोजी जारी
    images

    काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।

    उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी ६ वटै शव सुरुङबाट बाहिर निकालेको जनाएको छ।

    सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १२:३५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij