Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

पोखरा विश्वविद्यालयमा चार डिनका लागि आवेदन आह्वान

पोखरा विश्वविद्यालयमा चार डिनका लागि आवेदन आह्वान


  • 932
    Shares

    पोखरा विश्वविद्यालयमा चार डिनका लागि आवेदन आह्वान
    images

    काठमाडौं ।  पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

    विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

    डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले व्यक्तिगत विवरणसँगै सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पनि पेश गर्नुपर्नेछ। विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट व्यवस्थापन र अनुगमनलगायत विषय समेटिनुपर्नेछ।

    खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको शैक्षिक योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत रणनीतिक योजना तथा त्यसलाई कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

    चारै संकायमा डिन नियुक्त भएपछि शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - ११:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij