Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको छः हिमनदी विज्ञ खड्का

हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको छः हिमनदी विज्ञ खड्का


  • 771
    Shares

    हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको छः हिमनदी विज्ञ खड्का
    images

    काठमाडौं । हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय क्षेत्रमा दुई गणाले तापक्रम बृद्धि भईरहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र पस्तुत गर्दै उनले हिमालया क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा उच्च रहेको बताएका हुन् । 

    यसको प्रत्यक्ष असर हिमनदी तथा हिमतालमा देखिन थालेको उनले बताएका छन् । उनले हिन्दुकुश–हिमालय क्षेत्र जलबायू परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरेका छन् । नेपाल हिन्दुकुश–हिमालय क्षेत्रको महत्वपूर्ण भूभागमा पर्ने भएकाले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा प्रभावित हुने उनको भनाई छ । उनका अनुसार हिन्दुकुश–हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिको तुलनामा करिब दोब्बर दरमा तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन् । 

    यो क्षेत्रमा प्रतिवर्ष शुन्य दशमलव ४२ डिग्री सेल्सियसले तापक्रम वृद्धि भईरहेको उनको भनाई छ । नेपालभित्र पनि औसत तापक्रम निरन्तर बढिरहेको उनले बताएका छन् । उनका अनुसार देशभरको औसत तापक्रम प्रतिवर्ष करिव शुन्य दशमलव ०४ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ । तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल र हिमनदीमा परेको उनको भनाई छ । तापक्रम वृद्धिले हिमनदी संकुचित हुँदै गएको र अर्कोतर्फ हिउ पग्लिएर हिमतालको संख्या र क्षेत्रफल बढ्दै गएको उनको भनाई छ । उनले सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमतालको उदाहरण प्रश्तुत गर्दै सन् १९५० आसपाससम्म त्यो क्षेत्रमा ताल नै रहेको बताएका छन्। 

    तर बढ्दो तापक्रमले साना–साना पोखरीहरू बन्न थालेको र ती क्रमशः जोडिँदै ठूलो हिमतालमा परिणत भएको उनको भनाई छ । हिमताल बन्न थालेपछि हिमनदीहरु विस्तारै साँघुरिँदै गएको उनको भनाई छ । उहाँले हिमनदीमा परेको असरले नेपालका नदी प्रणालीमा समेत प्रभाव पार्ने बताएका छन् । 

    उनले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी तथा जलवायुजन्य घटनाको जोखिम पनि बढिरहेको बताएका छन् ।  उनले चट्याङको घटनासमेत जलवायु परिवर्तनसँग जोडिएको उल्लेख गर्दै चट्याङका घटनामा पनि २० प्रतिशत वृद्धि देखिएको बताएका छन् ।  । नेपालले हिमनदी, हिमताल र चरम मौसमी घटनाबाट उत्पन्न जोखिमलाई समग्र रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १६:१७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij