Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सर्लाहीमा चार दिनको अवधिमा आठ जनाको मृत्यु

सर्लाहीमा चार दिनको अवधिमा आठ जनाको मृत्यु


  • 4.2K
    Shares

    सर्लाहीमा चार दिनको अवधिमा आठ जनाको मृत्यु
    images

    सर्लाही । सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

    पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरुको मृत्यु भएको ब्रह्मपुरी गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनुभयो ।

    मृत्यु हुनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्यान गएको हो भने रामईश्वर पासवान र दिनकर दासको गएको २९ गते भारतको आग्रामा  मृत्यु भएको थियो ।

    रामईश्वर पासवान र दिनकर दास कामका लागि आग्रामा पुगेका थिए । त्यसैगरी गएको २८ गते जिल्ला अस्पताल सर्लाहीमा उपचारको क्रममा भारतीय तीन नागरिकको मृत्यु भएको स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिनुभयो । ब्रह्मपुरी गाउँ नेपाल-भारत सीमा दशगजाबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ पर्छ ।

    भारतीय बजारमा घरेलु जाँडरक्सी बिक्रीमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपालका सीमावर्ती गाउँमा आएर जाँडरक्सी खाने गर्दछन् । घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १०:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij