Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आज यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


  • 7.3K
    Shares

    आज यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना,  सतर्कता अपनाउन अनुरोध
    images

    काठमाडौं । आज (मंगलबार) पनि देशका धेरै स्थानमा पानी पर्ने र पाँचवटा प्रदेशमा ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले (मंगलबार बिहान ६ बजे) भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा ममेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश नम्बर २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ ।

    यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबारसम्मै वर्षाको सम्भावना छ ।

     महाशाखाले दैनिक तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ भने २४ घण्टाका लागि अपनाउनुपर्ने चेतावनी पनि जारी गर्छ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १०:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij