Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

राप्रपाविरुद्ध उत्रिँदै उद्धव थापा, केन्द्रीय कार्यालय घेर्ने तयारी

राप्रपाविरुद्ध उत्रिँदै उद्धव थापा, केन्द्रीय कार्यालय घेर्ने तयारी


  • 932
    Shares

    राप्रपाविरुद्ध उत्रिँदै उद्धव थापा, केन्द्रीय कार्यालय घेर्ने तयारी
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ ।

    थापाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भोलि भदौ ३१ गते बिहान ११ बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पूर्ण सरोकारवाला तथा राष्ट्रवादी साथीहरूलाई उपस्थित हुन आह्वान गरेका छन् ।

    उनले आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै त्यसविरुद्ध साथ र सहयोगका लागि आग्रह गरेका छन् । थापाको आह्वानमा लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता र निर्वाचित जनप्रतिनिधिको सम्मान कायम राख्दै भेदभावपूर्ण व्यवहार तथा अन्यायपूर्ण कारबाही तत्काल फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरिने उल्लेख छ ।

    यसअघि राप्रपाले चार जिल्लाका कार्यसमितिलाई पत्र पठाउँदै कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्न निर्देशन दिएको थियो ।

    पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका काठमाडौँका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङलाई कुनै निकायमा समावेश नगर्न भनिएको थियो ।

    राप्रपाको उक्त निर्णयको विरोधमा थापाले केन्द्रीय कार्यालयमा उपस्थित हुन आह्वान गरेका हुन्।  

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - ११:४४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij