२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ५९४ सहित १३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij