Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

एकताका लागि देउवा पक्षको पाँच सर्त, पूरा भए महाधिवेशनमा सहभागी हुने

एकताका लागि देउवा पक्षको पाँच सर्त, पूरा भए महाधिवेशनमा सहभागी हुने


  • 1.2K
    Shares

    एकताका लागि देउवा पक्षको पाँच सर्त, पूरा भए महाधिवेशनमा सहभागी हुने
    images

    काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गर्दै एकता महाधिवेशन गर्न देउवा पक्षका नेताहरूले पाँचवटा सर्त अघि सारेका छन्।

    देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार ती सर्त पूरा भए आफूहरू महाधिवेशनमा सहभागी हुनेछन्। देउवा पक्षका २५ नेताले यसअघि छुट्टाछुट्टै घोषणा भएका महाधिवेशनका कार्यक्रम स्थगित गरी एकता महाधिवेशनको मिति तय गर्न अपिल गरेका थिए।

    उनीहरूले नवीकरण गरिएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने, डिजिटल प्रणालीलाई निरन्तरता दिनुपर्ने, विशेष महाधिवेशनमा सहभागी नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई समेट्नुपर्ने, महाधिवेशनका समितिमा सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने र आवश्यक परे कार्यतालिका हेरफेर गर्नुपर्ने सर्त राखेका छन्।

    यी मागबारे छलफल गर्न सभापति गगन थापाले आज दिउँसो कार्यसम्पादन समिति बैठक बोलाएका छन्। विश्वकर्माले बैठकबाट माग सम्बोधन गर्ने निर्णय भए आफूहरू महाधिवेशनमा सहभागी हुने बताएका छन्।

    उनले आफूहरू कुनै पक्ष वा विपक्षमा नभई कांग्रेसको एकता र चारतारे झन्डाको पक्षमा रहेको बताएका छन्।

    विश्वकर्माका अनुसार यस्ता छन् उनीहरूले राखेका सर्त

    १. १५औँ महाधिवेशनका लागि भन्दै गत पुसमै नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई नै महाधिवेशनमा भाग लिन मान्यता दिने । (यो निर्णय कार्यसम्पादन समिति बैठकले गरिसकेको छ)

    २. अध्यावधिक कार्यलाई अनिवार्य नगर्ने तर डिजिटल प्रणालीलाई निरन्तरता दिने । (यो निर्णय पनि कार्यसम्पादन समिति बैठकले गरिसकेको छ)

    ३. विशेष महाधिवेशनमा नगएका वा निर्वाचित नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई पनि विशेष महाधिवेशनको कार्य समितिमा समावेश गर्ने ।

    ४. महाधिवेशनका लागि बन्ने सबै समितिहरूमा सबै पक्षको सम्मानजनक सहअस्तित्वका आधारमा सहभागिता सुनिश्चित गर्ने ।

    ५. आवश्यकता परेको खण्डमा कार्यतालिकामा केही हेरफेर गरेर भए पनि एकताको वातावरण बनाउने ।

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १२:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij