२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ ।
एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार आजको बैठकमा कार्यदलका प्रतिवेदन अध्ययन गर्ने र शनिबारको बैठकमा मुख्य विषयमा छलफल गर्ने सहमति भएको छ ।
पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएका थिए ।
बैठकमा दुवै प्रतिवेदन अध्ययन गरी आगामी बैठकबाट एउटै प्रतिवेदन तयार गर्ने विषयमा समेत छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
कार्यदलले निर्वाचनको समीक्षा गर्दै पार्टीको आगामी संगठनात्मक पुनर्गठनका विषयमा सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij