Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बाढीपीडित भेट्न राहत सामग्री लिएर हिँडे देउवा

बाढीपीडित भेट्न राहत सामग्री लिएर हिँडे देउवा


  • 988
    Shares

    बाढीपीडित भेट्न राहत सामग्री लिएर हिँडे देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहान राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।

    देउवाका साथमा कांग्रेसका अन्य शीर्ष नेता पनि छन्। उनीहरू गाडीमा बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि नुवाकोट गएका हुन्। 

    सुरुमा त्यहाँ कांग्रेस जिल्ला पार्टी कार्यालयमा नेता-कार्यकर्तासँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने कार्यक्रम छ। 

    त्यसपछि विदुरको ढुंगेमा बाढीले गरेको क्षतिको स्थलगत अवलोकन गर्ने र यसपश्चात् बाढी प्रभावित देवीघाट जाने कार्यक्रम छ। 

    त्यसपछि देउवाको टोली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। 

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij