२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ। कम्पनीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
चेक कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्तान्तरण गरेका हुन्। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय र जीविकोपार्जनलाई असर गरेकोले यस कठिन समयमा एकसाथ उभिनु निकै महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ।
कम्पनीले भनेको छ, सबै मिलेर पुनर्लाभलाई समर्थन गर्न कम्पनीले आग्रह गरेको छ। ‘नयाँ आशाका साथ पुनर्निर्माण गरौँ र एक नेपालका रुपमा बलियो भएर उभिऔँ’।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij