Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज, भोलिदेखि आवतजावत खुल्ने

देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज, भोलिदेखि आवतजावत खुल्ने


  • 918
    Shares

    देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज, भोलिदेखि आवतजावत खुल्ने
    images

    नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले निर्माण थालेको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ।

    नेपाली सेनाको टोलीले निरन्तर खटिएर पाँच दिनमा पुल जडानको काम पूरा गरेको हो। बाढीले पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा नुवाकोटसहित आसपासका विभिन्न स्थानको यातायात सम्पर्क प्रभावित भएको थियो।

    नयाँ एक्रो ब्रिज जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। यस्तै, पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

    भोटेकोशी नदीमा आएको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा ठूलो समस्या हुँदै आएको थियो। पुल नहुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि सर्वसाधारणको नियमित आवतजावतसमेत प्रभावित बनेको थियो।

    बाढीपछि यातायात सम्पर्क सहज बनाउन नेपाली सेनाले तत्काल एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो। सेनाको टोलीले दिनरात निरन्तर काम गरेपछि छोटो समयमै पुल तयार भएको हो।

    पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको देवीघाट क्षेत्रको यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। यसबाट स्थानीयवासी, व्यवसायी तथा यात्रुहरूलाई ठूलो राहत पुग्ने भएको छ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ०५:२१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij