Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

उद्योगमन्त्रीको आरोप, ‘उद्योगीको प्रभावमा कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अफ्ठ्यारोमा पारे’

उद्योगमन्त्रीको आरोप, ‘उद्योगीको प्रभावमा कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अफ्ठ्यारोमा पारे’


  • 1.1K
    Shares

    उद्योगमन्त्रीको आरोप, ‘उद्योगीको प्रभावमा कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अफ्ठ्यारोमा पारे’
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले कर्मचारीहरुले आफूलाई काम गर्न नदिएको आरोप लगाएका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले मन्त्रालयका कर्मचारीहरुले उद्योगी व्यवसायीको मिलोमत्तोमा काम गर्ने गरेको आरोप लगाएका हुन् । 

    उनले आफूले राम्रो गर्न खोज्दा सबैको आखाँको तगरो बन्न पुगेको बताएकी छन् । मन्त्रालयले बनाउने विधेयक तथा कानूनहरु पनि कर्मचारीहरुले उद्योगी व्यवसायीसंगको मिलेमत्तोमा बनाउने गरेको उनको आरोप छ । उद्योगीहरूको हितअनुकूल नियम–कानुन बनाइएको भन्दै उहाँले त्यसलाई परिवर्तन गर्न खोज्दा कर्मचारीतन्त्रबाट असहयोग हुने बताएकी छन्। मन्त्री यादवले आफूले उद्योग क्षेत्रमा सुधारका लागि पटक–पटक निर्देशन दिएपनि कर्मचारीहरूले परिवर्तन गर्न नमानेको गुनासो गरीन् । 

    विधेयक निर्माण गर्दा समेत कर्मचारीतन्त्रले उद्योगीहरूले भनेअनुसारका प्रावधान राख्ने गरेको उनको आरोप छ । बलियो सरकार हुँदासमेत कर्मचारीतन्त्रको असहयोगका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको उनको भनाई छ । 

     

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १७:२९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij