Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

९४ वर्षको उमेरमा इन्जिनियर नन्द कुमार श्रेष्ठको निधन, पशुपतीमा राजकीय अन्त्यष्टि

९४ वर्षको उमेरमा इन्जिनियर नन्द कुमार श्रेष्ठको निधन, पशुपतीमा राजकीय अन्त्यष्टि


  • 9.4K
    Shares

    ९४ वर्षको उमेरमा इन्जिनियर नन्द कुमार श्रेष्ठको निधन, पशुपतीमा राजकीय अन्त्यष्टि
    images

    काठमाडौं । इन्जिनियर तथा राष्ट्रसेवक नन्द कुमार श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठका परिवारमा २ छोराहरु दिनेश श्रेष्ठ, उमेश श्रेष्ठ र बुहारीहरु चन्दा श्रेष्ठ, रेणुका गुरुङ्ग साथै छोरी सरिता श्रेष्ठ छन् ।

    परिवारले जानकारी दिए अनुसार दिवंगत श्रेष्ठले नेपाल सरकारका विभिन्न निकायमा करिब ३० वर्ष इन्जिनियरका रूपमा राष्ट्रसेवा गरेका थिए। देशमा पूर्वाधार तथा सिँचाइ विकासको सुरुवाती चरणदेखि नै विभिन्न महत्वपूर्ण आयोजना निर्माण तथा व्यवस्थापनमा उनले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका थिए।

    पोखराको फेवाताल पावरहाउस, बुटवलको तिनाउ नदी तथा बाणगंगा सिँचाइ आयोजना, लमजुङको हाडेटार सिँचाइ योजना, बर्मझियाको चन्द्र नहरलगायत विभिन्न विकास तथा सिँचाइ आयोजनामा उनको प्राविधिक ज्ञान, मेहनत र नेतृत्वदायी भूमिकाको महत्वपूर्ण योगदान रहेको परिवारले जनाएको छ।

    त्यतिबेला आधुनिक प्रविधि, स्रोत–साधन तथा सहज यातायातको सुविधा सीमित रहे पनि कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बीच उनले आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ र इमानदारीपूर्वक पूरा गरेको परिवारको भनाइ छ। उनले विकास आयोजनालाई सरकारी जिम्मेवारी मात्र नभई देशको विकास र भावी पुस्ताको भविष्यसँग जोडिएको राष्ट्रिय दायित्वका रूपमा लिने गरेको स्मरण गरिएको छ।

    उनलाई चिन्नेहरुले कुशल इन्जिनियर तथा निष्ठावान् राष्ट्रसेवकका साथै सरल, शालीन, अनुशासित, मायालु र असल अभिभावकका रूपमा स्मरण गरेको छन्। परिवारप्रतिको माया, जीवनप्रतिको सकारात्मक दृष्टिकोण, असल संस्कार र सबैप्रतिको सम्मान सदैव प्रेरणाको स्रोत बन्ने परिवारले जनाएको छ।

    श्रद्धाञ्जलीमा भनिएको छ, ‘बुबा, तपाईंको भौतिक उपस्थिति अब हामीमाझ नरहे पनि तपाईंले देशका लागि गर्नुभएको योगदान, असल कर्म, इमानदारी, संस्कार, माया र आशीर्वाद सधैँ हाम्रो हृदयमा जीवित रहनेछन्। तपाईंले छोडेर जानुभएको असल विरासत नै हाम्रो लागि सबैभन्दा ठूलो सम्पत्ति हो।’

    परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गरेको छ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १५:०९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij