Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने


  • 813
    Shares

    संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

    रास्वपाका एक सांसदका अनुसार लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनालगायत विषयमा संसद्मा धारणा राख्नेछन्।

    प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।

    आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन्।

    यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - ११:०६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij