Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भोटेकोशी बाढीपीडित विद्यार्थीको पढाइ तत्काल सुरु गर्न अभिभावक संघको माग

भोटेकोशी बाढीपीडित विद्यार्थीको पढाइ तत्काल सुरु गर्न अभिभावक संघको माग


  • 1.2K
    Shares

    भोटेकोशी बाढीपीडित विद्यार्थीको पढाइ तत्काल सुरु गर्न अभिभावक संघको माग
    images

    काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न र उनीहरूलाई आवश्यक भावनात्मक तथा भौतिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

    मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष श्याम शर्मा भुसालले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । बाढीका कारण विद्यालयका भौतिक संरचनाहरू पूर्ण रूपमा पुनर्निर्माण गर्न तत्काल सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरेर भए पनि पठनपाठन अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । 

    बाढीमा अभिभावक गुमाएका विद्यार्थीको मानसिक अवस्था अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै भुसालले उनीहरूलाई आर्थिक सहयोगभन्दा पनि भावनात्मक प्रेम र अभिभावकत्वको बढी खाँचो रहेको बताएका छन्। उनका अनुसार सडकमा टोलाइरहेका र सहाराविहीन देखिएका बालबालिकाहरूलाई राज्य र सामाजिक संघसंस्थाहरूले विशेष संरक्षण दिनु आवश्यक छ । 

    प्रभावितहरूको आवास व्यवस्थापनका सम्बन्धमा बोल्दै उनले हाल सामूहिक सेल्टरहरूमा बसिरहेका परिवारहरूलाई व्यक्तिगत पाल वा त्रिपालको व्यवस्था गरी व्यवस्थित अस्थायी बसोबास मिलाउनुपर्ने माग गरेका छन् । साथै, विपद्पछि फैलिन सक्ने सम्भावित रोगव्याधिलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्रीको पूर्वतयारी चुस्त राख्न समेत उनले आग्रह गरेका छन् । 

    उनले भने, ‘बाढीका कारण भौतिक संरचना पूर्ण रूपमा तयार गर्न समय लाग्ने देखिन्छ । त्यसैले विभिन्न संघसंस्थाको समन्वयमा पाल वा त्रिपालको व्यवस्था गरी तत्काल पठनपाठन सुरु गर्नुपर्छ । वितरण र पहिचान प्रणालीमा केही त्रुटिहरू देखिएका छन्, जसले गर्दा वास्तविक पीडित मारमा परेका छन् । यसको उचित व्यवस्थापनका लागि राज्य संयन्त्र र सरोकारवाला पक्षहरू जिम्मेवार बन्नुपर्छ ।’

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १७:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij