Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

अमेरिकाले नेपालमा पठायो नयाँ कार्यवाहक राजदूत मेगन बोल्डिन

अमेरिकाले नेपालमा पठायो नयाँ कार्यवाहक राजदूत मेगन बोल्डिन


  • 1.1K
    Shares

    अमेरिकाले नेपालमा पठायो नयाँ कार्यवाहक राजदूत मेगन बोल्डिन
    images

    काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौं आइपुगेकी छन्।

    अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बोल्डिनले आगामी केही महिना नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने जानकारी दिएको हो।

    नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकको सहयोगमा केन्द्रित हुँदै उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गरेर बाढीपछिको प्रतिकार्य तथा पुनर्लाभका काममा सहयोग गर्ने दूतावासले जनाएको छ।

    बोल्डिन यसअघि बंगलादेशस्थित अमेरिकी दूतावासमा कार्यरत थिइन्। उनी सन् २०२४ को अगस्टदेखि ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत रहेकी थिइन्।

    वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ। उनले युक्रेन, इराक, बंगलादेश तथा वासिङ्टनस्थित अपरेसन्स सेन्टरलगायतका स्थानमा जिम्मेवारी सम्हालिसकेकी छन्।

    नेपालमा कार्यवाहक राजदूतका रूपमा उनको कार्यकालमा बाढी प्रभावित अमेरिकी नागरिकको सहयोग तथा विपद्पछिको प्रतिकार्यमा अमेरिकी दूतावासको भूमिका थप सक्रिय हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १७:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij