Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ


  • 1.3K
    Shares

    ‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेको छ । 
    जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताएका हुन् । 

    नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने उनको दाबी छ । वर्तमान सरकारले जनतालाई शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने उनले बताएका छन् । पुरानो पुस्ताले जनतामाथी राज मात्रै गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले जनाको सेवा गर्ने बताएका छन। उनले नयाँ पुस्ता सरकारमा टिका लगाएर नभई निर्वाचनमा दुईतिहाई मत ल्याएर आएको बताएका छन । उनले आफूहरुलाई राजनिति, संस्कार र सरकार चलाउन नसकिउन पुराना राजनितिक दललाई आग्रह गरेका छन् । 

    आफूहरूको बोली, शैली वा काम गर्ने तरिका कतिपयलाई असहज लाग्न सक्ने भएपनि गलत काम नगर्ने उनको दाबी छ । वर्तमान सरकार तीन करोड नेपालीको आशा भएको दाबी गर्दै उनले सरकारको उद्देश्य पछाडि फर्किने नभई नयाँ नेपाल निर्माणतर्फ अघि बढ्ने रहेको बताएका छन ।

    उनले भने, ‘हाम्रो भविष्य हामी आफैं कोर्ने वाला छौं, अरुलाई कोर्ने दिने वाला छैनौं । आफ्नो फ्युचर आफ्नो भविष्य आफ्नै हातले कोर्ने वाला छौं । राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ । यही हो राजनीति नयाँ राजनीति । संस्कार भन्नुहुन्छ ट्रेडिसन, परम्परा भनेर भन्नुहुन्छ । हामी त्यही संस्कार परिवर्तन गर्न आएको, तपाईंको संस्कार भएन भनेर हामी आएको, हामी लड्न आएको र यत्तिकै हामीलाई टीका लगाएर हामी आएको होइन । चुनाव लडेर, जितेर तपाईंहरूलाई दुई तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो । चेतना भया । 

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १६:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij