Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ

रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ


  • 1.7K
    Shares

    रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ
    images

    काठमाडौं । हिमताल तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम भएको बताएका छन्। राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् । 

    उनले विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको उनले बताएका छन् । अध्ययनकाअनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीहरू सानो हुँदै गएका छन् भने हिमतालको आकार बढिरहेको उनले बताएका छन्। उनले नेपालको अन्य क्षेत्रको तुलनामा पनि मनाङ जिल्लामा तापक्रम बढ्ने दर अझै उच्च रहेको बताएका छन् ।

    यसले भविष्यमा हिमताल फुटेर बाढी आउने जोखिम बढ्दै गएको उनको भनाइ छ । कायस्थले सन् १९७८ देखि विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको र यही कारण जलवायु परिवर्तनजन्य घटना बढ्दै गएको उल्लेख गरेका छन्। जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्म ९३ वटा स्टेशनबाट संकलित तथ्यांक विश्लेषण गरी सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा अधिकतम तापक्रम प्रतिवर्ष ० दशमलव ०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको उनले बताएका छन्। 

    उनले विश्व बैंक समूहको अध्ययनले सन् २००० देखि २०१७ सम्मको अवधिमा नेपालमा तापक्रम उल्लेख्य रूपमा बढेको देखाएको बताएका छन् । उनले हिमनदी, समुद्री बरफ, तालको बरफ र हिउँलाई क्रायोस्फेयरका प्रमुख तत्वका रूपमा व्याख्या गर्दै हिमनदी हिउँ पुनःक्रिस्टलीकरणबाट बनेको गतिशील बरफको पिण्ड भएको बताएका छन् । उनले हिमताल फुट्दा पानी मात्र नभई पानीसँगै ढुंगा, माटो र अन्य पदार्थ बगाएर ल्याउने भएकाले त्यसले तल्लो क्षेत्रमा ठूलो क्षति गरिरहेको बताएका छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १५:४९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij