Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग


  • 1.6K
    Shares

    वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग
    images

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । 

    वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति व्यहोरेको छ ।

    आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि कम्पनीले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन बाढी आएको तीन दिनभित्रै नेटवर्क पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

    सडक तथा विद्युत् पूर्वाधारमा समेत समस्या उत्पन्न भएको अवस्थामा वर्ल्डलिंकका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा नेटवर्क मर्मत र पुनःस्थापनामा खटिएको कम्पनीले जनाएको छ ।

    विपद्को समयमा इन्टरनेट तथा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार, राहत र आपत्कालीन समन्वयका लागि महत्वपूर्ण हुने भएकाले सेवा निरन्तर राख्नुलाई समेत कम्पनीले आफ्नो जिम्मेवारीका रूपमा लिएको जनाएको छ ।

    वर्ल्डलिंकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार यसपटक आफ्नै संरचनामा क्षति पुगे पनि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको हो ।

    कम्पनीले उक्त सहयोगले बाढी तथा पहिरो प्रभावितको तत्कालीन राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा योगदान पुग्ने अपेक्षा गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १५:०३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij