Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट बालिका घाइते


  • 9.4K
    Shares

    चितुवाको आक्रमणबाट  बालिका घाइते
    images

    तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छोरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन । 

    आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेको उहाँले बताउनु भयो । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म लतारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो ।

    बालिकाको  चिउँडोमा चोट लागेको छ । घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ । 

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - ११:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij