२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेकाहरूका लागि आज (सोमबार)देखि खोप अभियान सञ्चालन गरिने भएको छ ।
महानगरपालिकाका अनुसार भेरोसेलको पहिलो मात्रा लगाउन छुटेका खासगरी ६० र ६१ वर्ष उमेरका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
तर यस क्रममा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोरोना संक्रमितको जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउनेछन् ।
महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताल गएर लगाउन सकिनेछ ।
खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।
हेर्नुहोस्, खोप लगाउनेबारे सूचना :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij