Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग

बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग


  • 1.7K
    Shares

    बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
    images

    काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बिनासकारी बाढीको कारण हुन गएको अकल्पनीय जनधनको क्षतिप्रति यस नेपाल निर्जिवन बीमा व्यबसायी संघको मितिः २०८३\०५\१५ मा बसेको बैठकले दुःख प्रकट गर्दै दिवंगतहरुको आत्काको चीरशान्तिको कामना र श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ । सो बिपत्तीमा परी बेपत्ता भएका व्यक्तिहरुको सकुशल उद्धार हुने आशा प्रकट गर्दै उद्धार कार्यमा अहोरात्र खटिने नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताहरु प्रति हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको छ ।

    यस बिपत्तीमा परी क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि सोको दावी भुक्तानी गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी भुक्तानी गरिने प्रतिवद्धता समेत बैठकले गरेको छ ।

    यस दैवी बिपत्तीमा नागरिकहरुको राहत, पुनस्र्थापना, पुनर्निर्माणमा बीमा कम्पनीहरुले योगदान गर्नुपर्ने बिषयलाई गम्भीरतापूर्वक लिई मितिः २०८३ साल भदौ १७ गते यस नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा यसमा आवद्ध निर्जीवन बीमा कम्पनीहरुले आ–आप्mनो तर्फबाट गरिएको योगदान रकम रु.३,४७,००,००० (तीन करोड सतचालिस लाख मात्र) यस संघका अध्यक्ष श्री मनोहर दास मुलज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कम्पनीहरुका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गरिएको छ । 

    योगदान गर्ने यस संघ लगायतका कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लि., सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि., नेपाल इन्स्योरेन्स लि., नेको इन्स्योरेन्स लि., प्रभु इन्स्योरेन्स लि., युनाइटेड अजोड इन्स्योरेन्स लि., सानिमा जिआईसी इन्स्योरेन्स लि., हिमालयन एभरेष्ट इन्स्योरेन्स कं.लि. रहेका छन् । 

    साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि., हिमालयन एभरेष्ट इन्स्योरेन्स कं.लि. र युनाइटेड अजोड इन्स्योरेन्स लि. का कर्मचारीबाट गरिएको योगदान जम्मा रु. २६,२३,०१८ समेत हस्तान्तरण गरिएको छ । 

    साथै एनएलजी इन्स्योरेन्स लि., र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लि., ले यसअघि नै सहयोग राशी हस्तान्तरण गरिसकेका छन् भने बांकी कम्पनीहरुले समेत योगदान गर्ने क्रममा रहेका छन् । योगदान रकम हस्तान्तरणका क्रममा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको बेला बीमा कम्पनीहरुले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गरे । 

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १४:०५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij