२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । ललितपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
माझीले ती महिलालाई शुक्रवार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij