Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज (२०८३ भदौ १७ गते) कुन राशिको लागि कस्तो ?

आज (२०८३ भदौ १७ गते) कुन राशिको लागि कस्तो ?


  • 2.0K
    Shares

    आज (२०८३ भदौ १७ गते) कुन राशिको लागि कस्तो ?
    images

    मेष :

    दिन राम्रो छ। यात्रा सहज बन्ने छ। साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ। आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा भने घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

    वृष :

    शुभ दिन छ। नयाँ कामको सुरुवात गर्नु उपयुक्त हुन्छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

    मिथुन :

    गुम्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीको साथ र सहयोग मिल्ने छ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्ने छ। छोटो दूरीको यात्राको योजना सफल बन्ने देखिन्छ।

    कर्कट :

    बोलीमा सर:वतिको बास छ। साथीभाइसँगको सम्बन्ध सुमधुर बन्ने छ। :वा:थ्यमा भने सम:या हुनसक्छ। शिक्षाका क्षेत्रमा भने सुधारका संकेत देखिने छन्।

    सिंह :

    दिन राम्रो छ। काम गर्दा सचेत बन्नुभएमा फाइदा हुनेछ। परिवारमा खुशी मिल्ने छ। दाम्पत्य जीवन सुखमय बित्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

    कन्या :

    दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च भए पनि मानसम्मान प्राप्त हुने दिन छ। सोचेको काम गर्दा फाइदा हुनेछ। पैसा तपाईंको हातमा नब:ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ।

    तुला :

    दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

    वृश्चिक :

    दिन सामान्य छ। सानो कुराले मनमा असन्तुष्टि बढ्नेछ। राज्यबाट भय बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ।

    धनु :

    दिन राम्रो छ। व्यापारमा लाभ मिल्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। दाम्पत्य जीवनमा तपाईंको तर्कको जित हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

    मकर :

    दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्ने छ। खर्च बढाए पनि इज्जत बढ्ने छ। दाम्पत्य जीवन सुखमय बन्ने छ। सुखद् यात्राको तय हुने दिन छ।

    कुम्भ :

    जोगिएर काम गर्नुपर्ने दिन छ। :वा:थ्यको विशेष ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्ने जोखिम छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ।

    मीन :

    टाउको दुख्ने सम:या हुनसक्छ। तपाईंलाई काममा खटाएर लाभ लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गरेमा फाइदा हुनेछ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - ०६:५०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij