Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

हिँडेरै अस्पताल गएकी बिरामीको मृत्यु भएपछि सिनामंगलस्थित केएमसीमा तोडफोड

हिँडेरै अस्पताल गएकी बिरामीको मृत्यु भएपछि सिनामंगलस्थित केएमसीमा तोडफोड


  • 9.7K
    Shares

    हिँडेरै अस्पताल गएकी बिरामीको मृत्यु भएपछि सिनामंगलस्थित केएमसीमा तोडफोड
    images

    काठमाडौं । उपचाररत बिरामीको अकस्मात मृत्यु भएपछि सिनामंगलस्थित केएमसी अस्पताल एकछिन अघिदेखि तनावग्रस्त बनेको छ ।

    आइतबार लो प्रेसरको लक्षण देखिएपछि उपचारको लागि हिँडेरै अस्पताल छिरेकी चाँगुनारायण घर भएकी ५६ वर्षकी लक्ष्मी कुँवरको हिजो साँझ सामान्य उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

    km.jpg

    मृतकका ५० देखि ६० जना आफन्तले आज बिहान अस्पतालको इमर्जेन्सी,तल्लो तलाको ओपिडी,झ्यालको सिसा तोडफोड गरिदिएका हुन् । उनीहरूले अस्पतालको बा८च ८५०५ नम्बरको एम्बुलेन्समा समेत क्षति पुर्याएका छन् ।

    आफन्तहरूले ‘आइतबार हिँडेर उपचारको लागि अस्पताल आएको व्यक्तिलाई सो दिन इमर्जेन्सीमा राखिएको र हिजो बिहान वार्डमा सारेर अक्सिजनसहित उपचार गराइएकोमा बेलुकी ६ बजेतिर मृत घोषणा गरेको’ आरोप लगाएका छन् ।

    gdhgd.jpg

    उनीहरूले ‘हिजो साँझ मृत्यु भएपनि आफन्तलाई भेट्न र हेर्न नदिइएको एवम् आज बिहान मात्र मृत्युको खबर दिएकाले निधनप्रति शंका लागेको बताएका छन् ।’ मृतकका आफन्तले ‘अक्सिजनको पाईप निकालेको अवस्था,निधनको कारण नखुलाइएको र ठमठम हिँडेर आएको मान्छेलाई ‘हार्ट अट्याक’ भनिएकोमा आंशका व्यक्त गरेका छन् ।

    आफूहरूले घटनाको छानबिन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरेपनि नमानेपछि तोडफोडमा उत्रिएको बताएका छन् । तोडफोडको घटनालगत्तै सशस्त्र प्रहरीको विपद् उद्धार गणका झण्डै ४० जना र महानगरीय प्रहरी वृत्त गौशालाका त्यत्तिकै संख्याका सुरक्षाकर्मी परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

    प्रहरीले तोडफोडमा संलग्नमध्ये पाँच जनालाई अहिले महानगरीय प्रहरी वृत्त गौशाला पुर्याएको छ । केही समयदेखि सुरक्षाकर्मीको रोहबरमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ताको तयारी भइरहेको जनाइएको छ ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १५:३८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij