Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा परी ५३ जनाको मृत्यु

नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा परी ५३ जनाको मृत्यु


  • 6.8K
    Shares

    नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा परी ५३ जनाको मृत्यु
    images

    नाइजेरियाको उत्तरपश्चिममा रहेको जम्फारा प्रान्तमा एक हतियारधारी समूहको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको छ ।

    प्रहरी तथा स्थानीय बासिन्दाका अनुसार मोटरसाइकलमा आएका हतियारधारी समूहले जुर्मी जिल्लाको कडावा, क्वाटा, मडुबा, गन्डा समु, सौलावा र अस्कावा गाउँका मानिसमाथि आक्रमण गरेका थिए ।

    बिहीबार भएको यो आक्रमणमा उनीहरुले खेतमा काम गरिरहेका किसानमाथि अन्धाधुन्ध गोली चलाएका थिए । जम्फाराको प्रहरी प्रवक्ताले अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको बताएका छन् ।

    स्थानीयले उक्त आक्रमणमा मारिएका मानिसको मलामी जान पनि त्रास रहेको बताएका छन् । अहिले जंगलमा लुकेर बसेका हतियारधारी मलामी गएका मानिसमाथि आक्रमणको लागि आउन सक्ने उनीहरुको आशंका छ ।

     

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १३:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij