२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकामा रोकियेको कोरोनाविरुद्धको खोप कार्यक्रम पुनः भोलिदेखि सुरु हुने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाइने भएको हो ।
महानगरमा यसअघि काठमाडौंका सबै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । त्यसपछि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै जेठ २८ गतेदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।
महानगरका कोभिड फोकस पर्सन ज्ञानबहादुर ओलीका अनुसार अब छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई वडा कार्यालयका खोप केन्द्रमा नभई अस्पतालहरुमा खोप लगाइनेछ ।
‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कार्यक्रम राखेका छौँ । १० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिनेछ,” ओलीले भने, ‘‘खोप लगाउने मितिबारे सूचना निकाल्न लागेका छौँ ।”
यसअघि, पाँच दिनसम्मका लागि तोकिएको खोप कार्यक्रम तीन दिनमा नै स्थगित गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij