Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

दिपक मनाङेबारे पूर्व मुख्यमन्त्रीको टिप्पणी : सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन्

दिपक मनाङेबारे पूर्व मुख्यमन्त्रीको टिप्पणी : सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन्


  • 6.3K
    Shares

    दिपक मनाङेबारे  पूर्व मुख्यमन्त्रीको टिप्पणी : सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन्
    images

    पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिपक मनाङेमाथि टिप्पणी गर्दै उनलाई बाल्मिकी बनाउन आफु असफल भएको बताएका छन् ।

    आइतबार बिहान पत्रकार सम्मेलन गर्दै गुरुङले मनाङेलाई बाल्मिकी बनाउन ल्याएको तर उनी बाल्मिकी बन्न नसकेको टिप्पणी गरेका छन् ।

    पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले भने, ‘उनलाई बाल्मिकी बन्छन् कि भनेर ल्याएको, उनी बाल्मिकी बन्न सकेनन् । सबै डाँकुहरु बाल्मिकी नबन्दा रहेछन् । उनलाई बाल्मिकी बनाउने प्रयास असफल भयो ।’ 

    गुरुङले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदा आफ्नो सरकार अल्पमतमा परेपछि मनाङेलाई गत बैशाखमा युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

    तर मनाङेले पछिल्लो समय गुरुङलाई छोडेर विपक्षी गठबन्धनलाई सहयोग गरेपछि गुरुङ नेतृत्वको सरकारको बहिर्गमन भएको थियो ।

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १३:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij